काठमाडौँ – दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताएका छन् ।
पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आएका कालीबाबाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबै सँग अनुरोध गरे।
उनले वैदिक सनातन धर्मको शिरमा रहेको भनी विश्वभर पहिचान बनाएको नेपालको चिनारी मेटाउन नहुने धारणा व्यक्त गरे ।
सनातन हिन्दूधर्मको रक्षा होस् भनी यसअघि आफूले नेपालमा दुईपटक कोटीहोम आयोजन गरेको स्मरण गर्दैै कालीबाबाले आगामी मङ्सिरको पहिलो साता झापाको कन्काइमा महायज्ञ गर्न लागेको जानकारी दिए ।
सनातन हिन्दूधर्मको रक्षा एवं प्रवर्द्र्धनमा योगदान पु¥याउनुभएका कालीबाल हाल भारतको आसाम, नयाँ दिल्ली स्थित आसाममा बस्दै आएका छन् ।
कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा बाह्मण परिवारमा जन्मनु भएका कालीबाबा बाल्य कालमै भारत पुगी त्यहीँबाट शिक्षादीक्षा लिएर धार्मिक गतिविधिमा सक्रिय छन् ।