0
Shares
काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।