तुलसीपुरमा इनार सफा गरिरहेका दुई जनाको मृत्यु

0 Shares

काठमाडौं – दाङको तुलसीपुरमा इनार सफा गर्दै गरेका दुई जनाको मृत्यु भएको छ। स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका थिए।उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरीहरु खटिएका थिए।

उनीहरूको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।त्यहाँ पुर्‍याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

 

सम्बन्धित समाचार

सबै