मुकुल ढकाललाई रास्वपाले ‘अन्तिम पटक स्पष्टीकरण’ सोध्ने

0 Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निलम्बित पार्टी महामन्त्री डा मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले अन्तिम पटक ढकाललाई स्पष्टीकरणको मौका दिने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।यसअघि पार्टी विरोधी काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्री र प्रवक्ताबाट निलम्बन गरेको थियो। यस अघि सचिवालयले उनलाई सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्।उनलाई सोधेको जबाफ चित्त बुझ्दो नभएसँगै पदबाट हटाइएको थियो।

अब पनि ढकालले चित्त बुझ्दो जबाफ नफर्काए साधारण सदस्य पनि जाने रास्वपाले जनाएको छ।

 

 

सम्बन्धित समाचार

सबै