नेप्सेमा सामान्य अंकको वृद्धि , कारोबार रकममा गिरावट

0 Shares

काठमाडौं / लगातार दुई दिनको बन्दपछि खुलेको बजार परिसूचक नेप्सेमा बुधबार सामान्य वृद्धि भएको छ।

बुधबार बजार परिसूचक नेप्से २।११ अंकले वृद्धि हुँदा १९६८।४४ को बिन्दुमा बन्द भएको हो ।कारोबार रकममा भने बुधबार उल्लेख्य गिरावट आएको छ।
बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिराट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको हो ।बुधबार नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

बुधबार ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको छ।

सम्बन्धित समाचार

सबै