0
Shares
काठमाडौं / सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग शुक्रबार सोधपुछ गर्ने भएको छ ।
लामिछानेलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बोलाइएको उनले बताए । लामिछानेसँग सोधपुछ गर्नुअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई बोलाएको छ ।
जोशीलाई समितिले बिहान ११ बजे बोलाएको छ । समितिले यसअघि समस्याग्रस्त सहकारीका जेलमा रहेका संचालकलगायतसँग सोधपुछ गरिसकेको छ ।