काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफुले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने बताएका छन् ।
शनिबार चितवनको राप्ती नगरपालिकाको डडुवामा आयोजित कार्यक्रममा उनले आफुले ऋण लिएको प्रमाण छ भनेर संसदमा आवाज उठाउने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको भन्दै अझै पनि आफुविरुद्ध कुनै प्रमाण आए राजनीति छाड्ने बताएका हुन् ।
उनले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने स्पष्ट अडान रहेको जिकिर गरेका छन् । लामिछानेले भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए । भ्रष्टाचारका बिभिन्न फाइलहरुलाई आफुले हिम्मतका साथ खोलेकै कारण हदम्यादको कुरा आएको उनको दावी छ ।
उनले दुई ठूला दल कांग्रेस र एमालेको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने उल्लेख गरे ।