0
Shares
काठमाडौं / भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका भारतीय संचार माध्यमहरूले जनाएका छन् ।
घाइतेहरुलाई सदर अस्पताल र मुश्रीघरारीस्थित निजी क्लिनिकमा भर्ना गरिएको छ । प्रहरीकाअनुसार मुसरीघरारी चोक नजिकै छेउबाट आएको बसलाई तिब्र गतिको ट्रकले ठक्कर दिएको थियो । जसका कारण बस पल्टिएको थियो । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै थिए ।