त्रिभुवन विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणको अनुगमन गर्ने समितिको निर्णय

0 Shares

काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिभुवन विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणको अनुगमन गर्ने भएको छ ।

सिंहदरवारमा आइतबार बसेको समिति बैठकले विमानस्थलभित्र रहेको निगमको भण्डारणको स्थानान्तरणका बिषयमा छलफल गर्दै एकसाताभित्र स्थलगत अनुगमन गरी समग्र कामकारवाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो ।

त्यस्तै बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने बिषयमा समेत छलफल गर्दै समितिले नेपालमा वायो ईथानोल उत्पादन गर्ने उत्पादकहरुसंग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा खरिद सम्झौता गरि पेट्रोलमा वायो ईथानोल मिश्रण गरि आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल ग्राहस्थ उत्पादन बढाउन सकिने तर्फ गम्भीर ध्यानाकर्षण भएको सभापति अव्दुल खानले जानकारी दिए ।

यसका लागि स्वदेशी उत्पादकहरुलाई आह्वान गरि बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति खानले बताए ।

त्यस्तै बैठकले अन्तराष्ट्रिय आप्रवासी संगठनले समेत विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परिक्षण गर्ने गरेको भन्ने जानकारी आएकाले त्यसको अनुमति कहाबाट लिएको हो र सरकारलाई तिर्नुपर्ने करको अवस्था के छ भन्ने बारे प्रमाणसहितको बिवरण श्रम मन्त्रालयबाट माग गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

सबै