काठमाडौंको शंखमूलमा एक पुरूषको हत्या

0 Shares

काठमाडौं काठमाडौंको शंखमुलमा पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेको ‘टाइमपास स्नुकर हाउस’मा पुरुषको हत्या भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्तिको नाम रूपक बान्तवा रहेको खुलेको छ।

उनी स्नुकर हाउसका सञ्चालक समेत हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार

सबै