0
Shares
काठमाडौं / नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनको मात्रै उम्मेदवारी रहेको छ।यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ ।