0
Shares
काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।
गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको थियो । वरिष्ठ उपाध्यक्षमा पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गरेका थिए । बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।