सत्ताको खेलभन्दा अब म जनताको अधिकारका लागि अघि बढ्छु : प्रचण्ड

0 Shares

काठमाडौँ / प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन् । पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ३२ सिट भएको पार्टीले एक्लै कसरी अस्थीरता ल्याउन सक्छ भन्दै प्रश्न गरेका छन् ।

उनले माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गरेर धोका दिएको आरोप लगाइने गरेको भन्दै माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पु¥याएको विगत स्मरण गर्न सुझाव दिए ।

आमजनतामा ठूलो निराशा र असन्तोष रहेको अवस्थामा दुई ठूला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने चिन्ता भएको उनले बताए । प्रचण्डले आफुहरु प्रतिपक्षीमा चनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्ने भन्दै देशको हितमा राम्रो काम गर्ने साथ दिने धारणा राखे ।

उनले आफुहरुको खबरदारीलाई कर्मकाण्ड नसम्झन आग्रह गर्दै आवश्यक परे सडकबार खवरदारी गर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार

सबै