0
Shares
काठमाडौं / मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि अघिल्लो दिनकै मूल्य निर्धारण गरेको हो ।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
हाल प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।