नेताहरु प्रति जनताको आक्रोश देखिन थालेको छ :रवि लामिछाने

0 Shares

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरु सच्चिनुको बिकल्प नरहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरु प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको बिकल्प नरहेको बताएका हुन् ।

आम नागरिकहरुले राजनीतिक दलहरुलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडीखेल घटनाबाट देखिएको उनले बताए । लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अव नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे ।

उनले रास्वपाले सदनबाट जनचासोका बिषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

सबै