मृतकका परिवारलाई माडीनगरपालिकालद्वारा आर्थिक सहयोग

0 Shares

काठमाडौं / भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

शव ल्याउन पहल गरेको नगरपालिकाले किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार तत्काल उपलब्ध गराइने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए। उनले भने, “तत्कालका लागि रु २५ हजार किरिया खर्च सहयोग गरेका छौँ, अन्य आवश्यक सहयोग कार्यपालिकाको बैठक पछि निर्णय गरेर गर्नेछौँ ।” उनले सबै परिवारको अवस्था नाजुक रहेको जनाउँदै उनीहरूले काम गरेको कम्पनीबाट समेत राहत दिलाउन पहल गरिरहेको बताए।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गत बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो खसेको जनाइएको छ । उनीहरूको शव शनिबार राति ल्याइएको थियो । पेट्रोलपम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।

सम्बन्धित समाचार

सबै