रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

0 Shares

काठमाडौं / नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनमा पार्टी सचिव रहेकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित भएकी हुन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । त्यस्तै उपाध्यक्ष ९मधेशी० मा रामचन्द्र झालाई पराजित गर्दै धर्मनाथ प्रसाद साह विजयी भएका छन् ।

खुला उपाध्यक्षमा डा। गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने यसअघि नै राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई १० औं महाधिवेशनको नाम दिएर भएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानित नेतामा दोहोर्याएर घोषणा भएको थियो । सहमतिबाट पदाधिकारी चयन नभएपछि मंगलबार निर्वाचन भएको हो ।

सम्बन्धित समाचार

सबै