एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको छ : शिक्षामन्त्री भट्टराई

0 Shares

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरु निर्माणमा ध्यान केन्द्रीत गरेको बताएकी छिन् । बुधबार सिंहदरबारमा पत्रकारहरुसंग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताएकी हुन् ।

शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले बताइन् । उनले आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका विश्वविद्यालयहरुलाई राज्य र समाजसँग जोड्दै अझ विशिष्टीकृत र सामाजिक बनाउन सकिने धारणा राखिन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरिएको समेत जानकारी दिईन । उनले नेपालमा नै चाहेको जस्तो शिक्षा प्राप्त गर्ने वातावरण बनाउदै बाहिर गएका विद्यार्थीहरुलाई पनि फर्काउन पहल गरिने बताइन् । त्यस्तै उनले विश्वविद्यालयका पदाधिकारीलाई औचित्यका आधारमा थप जिम्मेवार बनाइने पनि बताइन् ।

मन्त्री भट्टराईले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको, समकक्षता प्रमाणपत्र एक साताभित्र उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिईन ।

सम्बन्धित समाचार

सबै