काठमाडौँ / जसपा नेपालका सांसद राज किशोर यादवले सरकारले गरेको राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै यादवले समानुपातीक समावेशीतालाई ख्याल नगरि सरकारले राजदूत सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संविधानमा रहेको व्यवस्थालाई सरकारले मान्नुपर्छ की पर्दैन भन्दै प्रश्न समेत गरे । पहिलो र दोश्रो दल मिलेर बनेको सरकार अन्तिम बिकल्प भएपनि सरकार ट्रंकलाईनमा अल्झिएको उनले बताए । यादवले ठूला कुरा गरेर कुनै काम नगर्न नसक्ने अवस्थामा वर्तमान सरकार देखिएको धारणा राखे । अहिलेको सरकारले भ्रष्टाचारको कुनै फाइल खोल्न नसक्दा जनतामा कुनै आशा नदेखिएको उनको भनाइ छ ।
उनले भ्रष्टाचार कसुरमा पाँच बर्ष हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै कुनै हदम्याद राख्न नहुने स्पष्ट पारे । टुँडीखेलमा जनताले नेताहरुप्रति गरेको विरोध प्रारम्भीक संकेत भएकाले दलहरु सुध्रनुको बिकल्प नरहेको उनले बताए ।