सुदूरपश्चिम / नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केपी शर्मा ओलीपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले आफू अहिले देशको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकी हुन् ।
राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन भएको र संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेर आफ्नो पार्टीकोलाई भनेको बताइन् । उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’
उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् ।