दशरथ रंगशालालाई दुरुपयोग नगर्न प्रधानमन्त्री ओलीको आग्रह

0 Shares

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालालाई दुरुपयोग नगर्न सम्बन्धीत निकायको ध्यानाष्कर्षण गराएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४ प्रतियोगितामा सहभागी खेलाडीलाइ सम्मान गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण गराएका हुन् ।

उनले एउटा खेलका लागि बनाइएको पूर्वाधारलाई अन्य प्रयोजनमा उपयोग गर्न नहुने जिकिर गरे । उनले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नती गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराए। प्रधानमन्त्री ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

सम्बन्धित समाचार

सबै