निगमको जहाज सञ्चालन नहुदा दैनिक पाँच करोड घाटा भएको भन्दै तत्काल ध्यान दिन सांसद झाको आग्रह

0 Shares

काठमाडौँ / रास्वपा सांसद मनिष झाले अन्य वायुसेवालाई फाइदा हुने गरि नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत नगरिएको होकी भन्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मीक समयमा बोल्दै झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि लामो समयसम्म पनि ल्याउन नसकिएको र अन्य वायुसेवालाई फाइदा हुने गरि चलखेलका आधारमा यस्तो भएको हो की भन्ने आशंका व्यक्त गरेका हुन् ।

निगमको जहाज सञ्चालन नहुदा दैनिक पाँच करोड घाटा भएको भन्दै तत्काल यसतर्फ ध्यान दिन उनले आग्रह गरे । उनले निगमको जिम्मेवारी सम्हाल्ने व्यक्ति ज्ञान नभएकाले पनि निगमका धेरै प्राविधिक समस्या आएको हुनसक्ने बताएका छन् ।

सम्बन्धित समाचार

सबै