0
Shares
काठमाडौँ / नेकपा एमालेका सांसद गोकुल बास्काटाले डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दवाव दिइएको भन्दै डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् । उनले तत्कालिन प्रचण्ड सरकारले नै व्यवसायीहरुले डेडिकेटेड र ट्रकलाईन विधुत उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दावी गरे ।
डेडिकेटेड र ट्रकलाईनका बिषयमा आफुले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए । बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जिकिर गरेका छन्।