राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

0 Shares

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण भएसँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

यसअघि बुधबार सभामुख देवराज घिमिरले विधेयक प्रमाणित गरी राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाएका थिए ।

 

सम्बन्धित समाचार

सबै