राज्यलाई सहायता गर्ने सवै निकायलाई प्रभावकारी बनाउनु अहिलेको आवश्यता :मन्त्री सुडी

0 Shares

काठमाडौं / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले बिभिन्न प्रयोजनका लागि सामाजिक संस्थाहरुलाई आउने सहयोग र स्रोतको सहि परिचालन चूनौतिको रुपमा रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा युथ एनजिओ फेडेरेशन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले बिभिन्न सामाजिक संस्थाहरुले बिभिन्न शीर्षकमा सहयोग भित्राइरहेको अवस्थामा उक्त सहयोगको सहि परिचालन चूनौतिको रुपमा देखिएको बताएका हुन् ।

राज्यलाई सहायता गर्ने सवै निकायलाई प्रभावकारी बनाउनु अहिलेको आवश्यता रहेको उनले बताए । सामाजिक संस्थाहरुको व्यवस्थापनमा केहि सुधारको आवश्यता देखिएको भन्दै उहाले समाज कल्याण परिषद्बाट संस्थाहरुलाई अधिकतम सहजीकरण गर्ने गरि समस्या हल गर्ने नीति लिएको उल्लेख गरे ।

त्यस्तै मन्त्री सुडीले राज्यको प्राथमिकताका आधारमा योजना छनौट गरि प्रभावकारी कार्यान्वयनका लागि निरन्तर संस्थाहरुको नियमन गरिने बताए ।

उनले संघीय मर्म अनुरुपको एकीकृत समाजिक सेवा ऐन ल्याई सामाजिक संस्थाहरुबाट हुने सेवा प्रवाहलाइ पारदर्शी रुपमा राज्यसंग जोड्ने तयारी भइरहेको जिकिर गरे ।

सम्बन्धित समाचार

सबै