0
Shares
काठमाडौं / नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या भएको छ।सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज बिहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेको बताइएको छ ।हत्या आरोपमा प्रकाश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
आज बिहान कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाको डण्डीतिरको भागले राकेशको टाउकोमा प्रहार गरेका थिए।
मृतक वर्माको शव अहिले घटनास्थलमै छ ।