0
Shares
काठमाडौं / जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना हुने भएको छ । गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठीचौरको प्रचार प्रसार र पर्यटकीय गतिविधि बढाउनका लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताए। महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको छ ।