0
Shares
काठमाडौँ / साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ५३.६३ अंकले घट्दै २ हजार ६९५.६३ को बिन्दुमा पुगेको हो । यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ ।
अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा मात्र सिमित रहेको छ । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।