0
Shares
काठमाडौं / हेर्ने कथामार्फत परिवारसँग पुनर्मिलन भएका प्रकाश मोक्तानले नागरिकता पाएका छन् । उनलाई भोजपुरको षडानन्द नगरपालिकाको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।प्रकाश लाई नागरिकता प्रदान गर्ने सो अवसरमा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलयका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंलगायत उपस्थित थिए ।
नागरिकता लिएसँगै प्रकाश प्रधानमन्त्री भेट्न काठमाडौँ आउन लागेका पत्रकार राजेश राईले जनाएका छन् ।