0
Shares
काठमाडौं / नेपाली बजारमा आज सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला छ सय रूपैयाँले घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।आइतबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा भइरहेको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।