गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

0 Shares

पोखरा / गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिए । जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेस एमाले गठबन्धनयता एमालेले सरकारमा सामेल हुन केही शर्त अघि सारेको थियो । भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाएलगत्तै एमाले सरकारमा गएको हो ।

सम्बन्धित समाचार

सबै