पर्यटन नीति परिमार्जनको तयारी भइरहेको छ : पर्यटनमन्त्री पाण्डे

0 Shares

काठमाडौँ / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहेको जानकारी दिएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री पाण्डले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिएका हुन् ।

त्यस्तै उनले संस्कृति नीति, हवाइ नीति पनि परिमार्जनको प्रक्रियामा रहेको बताए । मुलुकको नागरिक उड्ययनको क्षेत्रलाई सुधार गर्नका लागि नियमक निकाय र सेवा प्रदायकलाई फरक बनाउनका लागि आवश्यक कानून टुङ्याउने क्रममा रहेको उनले बताए ।

उनले नागरिक उड्ययनको क्षेत्र सुधार नभएसम्म प्रयाप्त पर्यटन भित्राउन नसकिने धारणा राखे । मन्त्री पाण्डले लुम्विनीको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण र उडानका लागि अन्तराष्ट्रिय हवाई सेवा प्रदायकसंग आग्रह गरिरहेको जिकिर गरे ।

नागरिक उड्ययन क्षेत्रमा देखिएको चूनौतिको समाधान गर्न निजि क्षेत्रको सार्थक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै मन्त्री पाण्डले संस्कृति र प्रकृतिको महत्वलाई एकीकृत ढंगले व्याख्या गरेर बुझाउन सके मुलुकको पर्यटन क्षेत्रको बिकास हुने बताए । टानको साधारणसभाले नया नेतृत्व समेत चयन गर्नेछ ।

सम्बन्धित समाचार

सबै