0
Shares
काठमाडौं / अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ ।सेयरसँगै सोमबार कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ ।
आज सबै क्षेत्रका सूचक बढ्दा सबैभन्दा धेरै फाइनान्स समूहका सूचक बढेका छन् । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९ प्रतिशत बढे ।