0
Shares
काठमाडौँ / नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आईजीपीको जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै उनले सञ्चारमन्त्रीले केही दिन पहिला प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।
उनले मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोल्ने गर्नुपर्ने भन्दै कटाक्ष गरे । यस बिषयमा सदनमा जवाफ दिन उनले माग गरे । उनले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा चलेको भन्दै यसको जवाफ खोज्नुपर्ने उल्लेख पनि गरेका छन्् ।