0
Shares
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर संसदमा आपत्ति जनाएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै वाक् स्वतन्त्रताबिपरित बोल्नु उचित नहुने धारणा राखेका हन् । उनले एमालेका अग्रजहरुले आफुहरुलाई सभ्यता सिकाउने गरेको भन्दै पहिला आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई सभ्यता सिकाउन सुझाव दिए ।
उनले धनुषामा रामदेव मण्डल र आशादेवीले एकबर्षदेखि नागरिकताको प्रतिलिपी लिन जादा नपाएको र कर्मचारीले रेकर्ड नै फेला नपरेको जवाफ दिएको भन्दै प्रशासनको कमजोरीको मारमा सर्वसाधारणलाई नपार्न ध्यानाकर्षण गराए ।