0
Shares
काठमाडौँ / नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने सर्वोच्चको आदेशको पुनरावलोकन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै चालिसेले अदालतको उक्त आदेशपछि काठमाडौंका ८० हजार घर परिवारको रुवावासी भएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् । २०६५ सालमा नै अधिकारसम्पन्न बागमती एकीकृत आयोजनाले २०–२० मिटर अधिग्रहण गरिसकेको अवस्थामा थप २० मिटरभित्र संरचना बनाउन नपाउने आदेश न्यायोचित नरहेको उनले बताए । उनले उक्त फैसला कसले गर्न लगायो भन्दै प्रश्न समेत गरे ।
चालिसेले बागमतीको जलाधार नियन्त्रण गर्ने सवालमा धेरै उपाय रहेको भन्दै साराको बास उठाएर नियन्त्रण गर्न नपाइने धारणा पनि राखेका छन् ।