नेप्से ६ अंकको वृद्धि, बिमा कम्पनीको नाफामा उछाल

0 Shares

काठमाडौं /  मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख ४४ हजार एक सय ५० कित्ता शेयर किनबेच भएको छ ।

 

सम्बन्धित समाचार

सबै