अहिलेको सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छ : प्रधानमन्त्री ओली

0 Shares

काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु एमाले पोलिटब्यूरो बैठकमा ओलीले देश र जनतामा केन्द्रीत भएर सरकार अघि बढेको बताएका हुन्े । त्यस्तै ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर निस्कनुको पिडा मात्रै भएको धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा बार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमले बताए । बार्षिक कार्ययोजनामा मूलत–पार्टीको सदस्यता नविकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कन लगाएत समावेश गरेका छन् । त्यस्तै सरकार र जनप्रतिनिधिहरुको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरुलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

यसैगरी, कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको गौतमले बताए । कार्ययोजनामाथि बुधबार सदस्यहरुले धारणा राख्ने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

सबै