0
Shares
काठमाडौँ / विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व बुधबार समापन भएको छ ।
यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद्को भनाइ छ । एक महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेको छ भने समापनको दिन पनि भक्तजनको स्वयम्भूमा घुईचो लागेको छ । राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने परम्परा रहेको स्वयम्भू मन्दिरका पूजारी अशोककाजी बुद्धाचार्यले बताए ।
वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।