0
Shares
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन्। उनले भनेका छन्, “तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !”
प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गरेका छन् । “बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पथ्र्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ”, उनले स्मरण गरेका छन् ।