0
Shares
काठमाडौं / नेपाली बजारमा आज ९आइतबार० सुन–चाँदीको मूल्य घटेको छ।शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा काराबोर भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।