सेयर बजारमा पहिरोस् २,७०१ अंकमा झर्‍यो

0 Shares

काठमाडौं / सेयर बजार २,७०१ अंकमा झरेको छ।कारोबार हुने साताको पहिलो दिन आइतबार २५।४६ अंकले घट्दै नेप्से परिसूचक २,७०१।९० अंकमा कायम भएको हो। बजार दिनभर उतारचढावमा रह्यो ।आइतबार ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो। तीन कम्पनीले भने नाफाघाटा केही बेहोरेनन्। आइतबार कारोबार रकममा सामान्य वृद्धि हुँदै १० अर्ब १२ करोडको कारोबार भएको छ।

बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो । माइक्रोफाइनान्स समूह १।२१ तथा उत्पादन समूह ०।५० प्रतिशत बढे । बैंकिङ १।५८, विकास बैंक २।०७, फाइनान्स १।२४, होटल तथा पर्यटन १।४१, हाइड्रोपावर ०।६०, लगानी ०।५४, जीवन बीमा १।४२, निर्जीवन बीमा १।२८, अन्य १।३१ तथा व्यापार समूह १।२४ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। माहुली लघुवित्त, सृजनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 

सम्बन्धित समाचार

सबै