0
Shares
काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् । उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन/चार दिनमा फर्किनेछन् ।
पुनमा वंशाणुगत जण्डिसको समस्या देखिएको छ । यसअघि पुनले चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । केही दिनअघि रोल्पाको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनलाई स्वास्थ्यमा समस्या भएको थियो । त्यसपछि हेलिकोप्टरबाट ल्याएर काठमाडौंमा उनको उपचार गरिएको थियो ।
पुनको लिभरमा ट्रान्सप्लान्ट गर्नुपर्ने सुझाव चिकित्सकले दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपालमै ट्रान्सप्लान्ट गर्ने कि विदेश जाने भन्ने परामर्श भइरहँदा पुन उपचारका लागि चीन गएका हुन् ।