0
Shares
काठमाडौं / युईएफए नेसन्स लिगमा पोर्चुगल विजयी भएको छ । गएराति भएको खेलमा स्कटल्याण्डलाई २–१ गोलले हराउँदै पोर्चुगलले नेसन्स लिगमा लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र क्रिस्टियानो रोनाल्डोले समान एक÷एक गोल गरे । स्कटल्याण्डको लागि स्कट म्याक्टोमिनेले एक गोल गरे ।
खेलको सातौँ मिनेटमा म्याकलेनको क्रसमा म्याक्टोमिनेले गोल गर्दै स्कटल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा राफायल लियोको पासमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।
यस्तै ८८ औं मिनेटमा मेन्डेसको क्रसमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–१ गोलको जित दिलाएका हुन् । जितसँगै पोर्चुगल दुई खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।