0
Shares
काठमाडौँ / राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोश्रो जित निकालेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोश्रो जित निकालेको हो ।
वालिङलाई जित दिलाउनका लागि एकमात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।
संकटा भने अंकविहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।