0
Shares
काठमाडौं / सोमबार सेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ ।शेयर बजार २७ सयको बिन्दुबाट तल झरेको छ । सोमबार बजार ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । सोमबार ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ३७ करोड रुपैयाँभन्दा बढी कारोबार भएको सीइडीबी हाइड्रोपावर कारोबार रकमको आधारमा अगाडी छ । दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रो स्थानमा हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् ।
हाथवे इनभेष्टमेन्टको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । बजार तल झरेपछि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन ।