ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे

0 Shares

काठमाडौँ  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ईन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् ।

ईन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा आज सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई रु पाँच करोडबाट बढाएर रु १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए। उनले ईन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए।

मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गरे। ईन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।

सम्बन्धित समाचार

सबै