उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न रास्वपाको चेतावनी

0 Shares

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताएका हुन् । उनले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी समेत दिए । संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडी कुनै सत्ता नटिक्ने उनले बताए । तत्कालका सहजताका लोकतन्त्र बिपरितको काम गरे आगामी दिनमा आफुले खनेको खाल्डोमा आफै पार्न सक्ने तर्फ उहाले सजक गराए ।

यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुखलाई महाअभियोग लगाएर पदबाट हटाउने बिषयमा छलफल भएको बताइएको छ ।

सम्बन्धित समाचार

सबै