झापामा लागुऔषधको कारोबार बढ्दो

0 Shares

काठमाडौं / स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउ पर्नेमा एक हजार नौ पुरुष र ९६ महिला रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८/७९ मा दुई सय मुद्दा, आव २०७९/८० मा दुई सय छ मुद्दा, आव २०८०/८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारत सँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागुपदार्थ दुव्र्यसनी र कारोबारीको सङ्ख्या बढदै गएको प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ ।

सम्बन्धित समाचार

सबै