0
Shares
काठमाडौं / स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।